बजारमा सुकेको प्याजको भाउ घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांकअनुसार शुक्रबार कालिमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३७ देखि ३९ रूपैयाँमा बिक्री भइरहेको छ।
सोमबारदेखि प्रतिकिलो थोक मूल्य ३८ देखि ४० रूपैयाँमा बिक्री भइरहेको सुकेको प्याज शुक्रबार घटेको हो।
आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।
भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ।