बजारमा हरियो प्याजको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। 
समितिको तथ्यांक अनुसार मंगलबार बजारमा हरियो प्याज प्रतिकिलो एक सय ५० देखि  दुई सय रूपैयाँमा कारोबार भएको छ। 
यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो ५० रूपैयाँसम्मले बढी हो।  
सोमबार बजारमा हरियो प्याज प्रतिकिलो दुई सयदेखि दुई सय ४० रूपैयाँमा कारोबार भएको थियो। 
आपूर्तिको आधारमा सामानको मूल्य घटबढ हुन्छ। 
अहिले बजारमा हरियो प्याज मुख्यगरि भक्तपुरबाट आइरहेको व्यवसायीहरूको भनाइ छ।