बजारमा सुकेको प्याजको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ४५ देखि ४७ रूपैयाँमा कारोबार भइरहेको छ।
समितिको तथ्यांक अनुसार पाँच दिनदेखि स्थिर रहेको प्याजकाे मूल्य आइतबार बढेको हो।
गत साता मंगलबारदेखि शनिबारसम्म कालीमाटी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ४३ देखि ४५ रूपैयाँमा कारोबार भइरहेको थियो।
पछिल्लो समय बजारमा प्याजको भाउ घटबढ भइरहेको छ। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी र भारतीय दुवै प्याज छ्न्।
भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ। थोक मूल्य बढेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि बढेको छ।