सरकारले ५ वर्षभित्र कृषिको उत्पादन दोब्बर बनाउने योजना घोष्णा गरोको छ।
आर्थिक वर्ष २०७५÷७६ को निति तथा कार्यक्रममार्फत राष्ट्रपती विद्यादेदि भण्डारीले कार्यक्रम सार्वजनिक गरेकी हुन्।
सरकारले कृषि उत्पादन वृद्धि गर्न खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गनेृ तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेती योग्य जमिनको समुचित प्रयोगको निति लिएको छ।
मत्स्य उत्पादनमा आत्मनिर्भर, निर्यात योग्य उच्च मूल्यका कृषि वस्तुको उत्पादनलाई प्राथमिक्तामा सरकारको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
पहाड र तराईमा सिँचाई व्यवस्थाले जोड्जने तथा बाली लगाउनुपूर्व धान, गहुँ र उखुको न्युनतम सर्मथन मूल्य तोकिने सरकारले योजना बनाएको छ।
त्यस्तै यसबाहेक सरकारले गाउँपालिका र नगरपालिकामार्फत कृषि औजार मल तथा औषधी वितरण गरिने तथा सबै किसानलाई वैज्ञानिक कृषिमा प्रेरित गर्न कृष ज्ञान केन्द्र स्थापना गरिने सरकारले निति लिएको छ।