रामबजार युथ क्लबको आयोजनामा पोखरा लेखनाथ महानगरपालिकाको रामबजारमा यही असोज २० देखि २८ गतेसम्म पाँचौ रामबजार महोत्सव हुने भएको छ।
कला र संस्कृतिको प्रवर्द्धन एवं जगेर्ना गरी आन्तरिक एवं बाह्य पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने क्लबका सचिव राजु आलेले जानकारी दिए।
महोत्सवमा लोकनृत्य, बाल उद्यान, जातीय झाँकीको प्रस्तुति, स्थानीय एवं राष्ट्रियस्तरका कलाकारको प्रस्तुति, पञ्चेबाजा, नौमती बाजा, मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम गरिनेछ।
महोत्सवमा १० वटा स्टल राखिनेछ । महोत्सव ७० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्न अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा मूल आयोजक समिति र विभिन्न सातवटा उपसमिति पनि गठन गरिएको छ ।