नेपाल खाद्य संस्थानले अहिलेसम्म ८४५ खसी तथा बोका र ५७७ च्याङ्ग्रा विक्री गरेको छ ।
दशैंका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौं उपत्यका बाहिरबाट यहाँ एक हजार ८४३ खसी, बोका तथा च्याङ्ग्रा ल्याएकामा सबै बिक्री भइसकेका छैनन् ।
संस्थानले दाङ र हेटौंडाबाट एक हजार ५ सय खसी तथा मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि विक्री नभएपछि अरु ७ सय खसी, बोका तथा च्याङ्ग्रा ल्याएको छैन ।
संस्थानले प्रतिकिलो बोका ४५० रुपैयाँ, खसी ४५५ रुपैयाँ र च्याङ्ग्रा ६७५ रुपैयाँ मूल्य निर्धारण गरी यही असोज ५ गतेदेखि आजसम्म विक्री वितरण सुरू गरेको थियो ।
विक्री नभएका करीब ४ सय खसी, बोका तथा च्याङ्ग्रा विक्री गर्न अष्टमीसम्म समय अवधि थप गरिएको संस्थानका बाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले जानकारी दिए।
अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरीद गर्न आउनेको चहलपहल देखिएको छैन ।