पुष्प व्यवसायीहरूले पुष्प खेती विस्तारको कामलाई आधुनिकीकरण गर्दै लैजाने नीति लिने भएका छन् ।
फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले पुष्प खेती विस्तारको कामलाई आधुनिकीकरण गर्दै लैजाने नीति लिन लागिएको जानकारी दिएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित एशोसिएशनको २५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पुष्प व्यवसायलाई आत्म निर्भर बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अघि बढने सहमति भएको पनि स्मरण गराए । उनले पुष्प व्यवसायलाई आधुनिकीकरण गर्न अनुसन्धान र बजार प्रर्वद्धनको कामलाई पनि विशेष जोड दिन लागिएको स्पष्ट पार ।
एशोसिएशनले पुष्प व्यवसायलाई आधुनिकीकरण गर्न करीब ७ करोड रुपैयाँ बजेटको व्यवस्था पनि गरेको छ । ती बजेटमध्ये ८० प्रतिशत बजेट पुष्प खेती विस्तारमा लगानी गर्ने योजना तय गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बाँकी २० प्रतिशत बजेट भने पुष्प खेतीका लागि आवश्यक अनुसन्धान र बजार प्रवर्द्धनको काममा खर्च गरिनेछ ।
नेपालमा हाल ६ सय ७८ वटा पुष्प फर्म तथा नर्सरीहरू विस्तार भएको बताईन्छ । पुष्प व्यवसायमा करीब ४३ हजार व्यक्तिले प्रत्यक्ष वा परोक्ष रुपमा रोजगारी पाएको बताइएको छ।
प्रायः स्थानीय स्रोत र साधनकै परिचालन हुने हुनाले पुष्प व्यवसायबाट स्थानीय स्तरको विकास हुने क्रम बढ्दै गएको एशोसिएशनको दाबी छ ।