विराटनगर रानीस्थित विराटनगर जुट मिल्स पुन: सञ्चालनमा ल्याइएको छ ।
२०७२ साल भदौदेखि बन्द रहेको जुट मिल नयाँ ब्यवस्थापनमा आइतबारदेखि सञ्चालनमा ल्याइएको हो । सुरूका दिनमा दैनिक ५ टन जुटका सामग्री उत्पादन गर्ने गरि मिल्स सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक निलहरि काफ्लेले जानकारी दिए।
पुस १ गतेबाट क्षमता वृद्धि गरि दैनिक २० टनसम्म उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।
पहिलो चरणमा मिल्सबाट सुतली र बोराको उत्पादन सुरू गरिएको छ । नयाँ व्यवस्थापनमा रहेका सदस्यहरूको निजी २ करोड रुपैयाँ लगानीमा उत्पादन सुरू गरिएको निर्देशक काफ्लेले जानकारी दिए।
२०७४ साल वैशाख महिनामा मिलको शेयर विक्रीपछि हाल नेपाल सरकारको ३३ प्रतिशत र बाँकी निजी क्षेत्रको लगानीमा मिल्स संचालन सुरू गरिएको काफ्लेले जानकारी दिए।
नेपाल सरकारले पटक/पटक गरी जुट मिल्स सञ्चालन गर्न १ सय १३ करोड रुपैयाँ ऋण लगानी गरिसकेको छ।
https://youtu.be/w1rMH1FeHVk