बेलायती प्रहरीले मे ६ देखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला पारेको छ।
मे ६ मा मर्निङ वाकमा निस्केका मोरिस त्यसयता बेपत्ता भएका थिए।
प्रहरीले उनको शव ह्याम्पशायरको जंगलमा फेला पारेको बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार शवको औपचारिक पहिचान हुन बाँकी छ। शवका बारेमा उनका परिवारलाई खबर गरिएको छ।
उनी बेपत्ता भएपछि प्रहरीले मोरिसले मर्निङ वाक गर्ने सो जंगलमा उनको व्यापक खोजी गरेको थियो।
यसका अलावा प्रहरीले रिभे बेको २ किमी क्षेत्रसँगै सिसिटिभीको अध्ययन तथा घरघर गएर उनको बारेमा सोधपुछ गरेको थियो।
३ सन्तानका पिता मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूत थिए।
बेपत्ता हुनुअघि उनलाई फिजीको राजदूत नियूक्त गरिएको थियो।