कोरोनाभाइरस संक्रमणबाट बेलायतमा ६३ जना नेपालीको मृत्यु भएको छ।
लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले दिएको जानकारीअनुसार अहिलेसम्म ६३ जनाको मृत्यु पुष्टि भएको छ।
‘५२ जना पुरूष र ११ महिलाको कोरोनाका कारण मृत्यु भएको छ’ उनले भने।
दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको संख्या ११ छ।
गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो।