कोरोना भाइरसका कारण तीन दिनको अन्तरालमा बेलायतमा जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ।
बिबिसीमा प्रकाशित समाचारका अनुसार ३७ वर्षिया उनीहरूको साउथह्याम्पटन जनरल अस्पतालमा निधन भएको हो।
बच्चाहरूको नर्स रहेकी केटी डेभिसको मंगलबार मृत्यु भएको भने उनकी जुम्ल्याहा एमाको शुक्रवार सबैरै मृत्यु भएको हो। एमा पूर्व नर्स हुन्।
'उनी दुबै जना सधैं संसारमा सँगै आएका हामी जाँदा पनि सँगै जानेछौं भनिरहन्थे',बहिनी जोले भनिन्।
जोका अनुसार उनीहरू दुबैलाई एकै किसिमको स्वास्थ्य समस्या थियो र केही समययता अस्वस्थ रहँदै आएका थिए।
'उनीहरू कति विशेष थिए भन्नका लागि शब्द नै छैन', उनले भनिन्।