बेलायती प्रधानमन्त्री बोरिस जोनसन चाँडोमा सोमबारसम्म काममा फर्किने योजनामा रहेको बताइएको छ।
टेलिग्राफमा बिहीबार प्रकाशित समाचारका अनुसार जोनसनले सहयोगीहरूलाई अर्को साता क्याबिनेट मन्त्रीहरूसँग भेट्न समयतालिका मिलाउन लगाएका छन्।
कोरोना भाइरसबाट निको भएका बोरिस झन्डै दुई साता अघि मात्र घर फर्केका थिए।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चैत १४ देखि जोनसोन आइसोलेसनमा बसेका थिए।
त्यसको १० दिनसम्म पनि भाइरसका लक्षणहरू निरन्तर देखिएपछि उनी चैत २३ गते अस्पताल भर्ना भएका थिए।