नेपालसहित १४ देशमा यात्रा गर्न संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ।
यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका दृष्टिले आफ्ना नागरिकलाई साउन ६ गतेसम्मका लागि नेपाल, भारतसहित पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियाको यात्रामा रोक लगाएको हो।
यस्तै यूएईको यी १४ मुलुकबाहेक अन्य देशको भ्रमणमा जाँदा आफ्ना नागरिकलाई अनिवार्य रूपमा कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन विदेश मन्त्रालयले आग्रह गरेको छ।