चितवनका टोपबहादुर विकले युएईमा तिर्नुपर्ने ब्लडमनी बापतको रकम जम्मा भएको छ। युएईस्थित नेपाली दूतावासले युएईको अलऐन अदालतमा ब्लडमनी बापत १ लाख दिह्राम बुझाएको जनाएको छ। ब्लडमनी बापतको पैसा बुझाउन नसक्दा टोपबहादुर ५ वर्षदेखि युएईबाट घर फर्किन पाएका थिएनन्।
१४ जुन २०१४ मा उनको काम गर्ने कम्पनीमा भएको दुर्घटनामा परेर टोपबहादुरसँगै काम गर्ने थाइल्याण्डका दुई जना नागरिकको ज्यान गएको थियो।
उक्त घटनामा टोपबहादुरको संलग्नता रहेको आरोपमा १ सेप्टेम्बर २०१४ मा अदालतले दुई लाख दिह्राम ब्लडमनी तिर्नुपर्ने भन्दै फैसला सुनाएको थियो।
जसमा कम्पनीले एक लाख र टोपबहादुरले एक लाख दिह्राम बुझाउनुपर्ने अदालतको फैसला थियो।
टोपबहादुरको ब्लडमनी जम्मा गर्न एनआरएन युएईले अभियाननै चलाएको थियो।