आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा आगामी जुलाई १३ मा भानु जयन्ती एवम् श्रष्टा भेलाको आयोजना हुने भएको छ।
भानुभक्तले नेपाली भाषामा दिएको देनलाई स्मरण गर्दै “२०५ औ भानु जयन्ती स्रष्टा भेला” हुने भएको हो।
कार्यक्रममा कविता, गजल र गीतका साथ साथै अन्य साहित्य विधा लघु कथा, चुट्किला, मुक्तक, अन्य कलाकारिता आदिलाई पनि समावेश गर्ने निर्णय भएको छ।
समावेश गरिने आयोजकले जानकारी दिएको छ।
कविता, गजल, गीत, लघु कथा, चुट्किलाहरु बाचन गर्दा बढिमा १० मिनेट भन्दा लामो नहुने गरि जुलाइ १ २, २०१८, दिउँसो ३ बजे भित्र “भानु जयन्ती समारोह समिति-२०१८” का संयोजक कृष्ण पारस दुलाललाई जानकारी गराउन आयोजकले अनुरोध गरेको छ।