गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईद्वारा आयोजित फुटबल प्रतियोगिता (एनआरएनए कप २०१८) को उपाधि नेपलिज स्पोर्ट क्लब रसल्खेमाले जितेको छ।
प्रतियोगिताको फाइनलमा गोर्खा समाज युएईलाई ३-० गोल अन्तरले हराउँदै नेपलिज स्पोर्ट क्लब उपाधि रक्षा गरेको हो।
एनआरएन युएईको उद्दार कोषको सहयोगार्थ आयोजित प्रतियोगितामा विभिन्न १६ वटा टिमले भाग लिएका थिए।
प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट गोर्खा सेवा समाज टिमका टेक राई, प्रतियोगितामा धेरै गोल गर्ने नेपलिज स्पोर्ट राक टिमका संगम तामाङ र उत्कृस्ट गोल किपर सुनुवार सेवा समाजका बिमल केसी भए।
विजेता नेपलिज स्पोर्ट क्लब रसल्खेमाले ६ हजार ६ सय ६६ दिराम अर्थात करिब २ लाख नेपाली रूपैयाँ तथा कप, मेडल र प्रमाणपत्र पाएको थियो।
यस्तै उपविजेतामा चित्त बुझाएको गोर्खा समाज युएई ले ३ हजार ३ सय ३३ दिराम अर्थात करिब १ लाख रूपैयाँ नगद र कप, मेडल तथा प्रमाणपत्र पाएका थिए।
विधागत उत्कृष्टलाई कप र प्रमाणपत्र प्रदान गरिएको थियो।
‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित एनआरएन युएईको उद्दार कोषको सहयोगार्थ आयोजित प्रतियोगिता युएईका युवा खेलाडीलाई प्रोत्साहन गर्ने हेतुले मुस्लिमको महान पर्ब इदको दिन पारेर आयोजना गरिएको कार्यक्रम संयोजक मनोज गोर्खालीले सेतोपाटीलाई बताए।
यस्तै कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैमा गोर्खालीले आभार व्यक्त गरेका छन्।‘यस्ता कार्यक्रमले नेपाली-नेपालीबीचको भाइचार र आपसी सहयोगमा प्रेरणा दिने छ,’ उनले भनेका छन्।