ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका वातावरण तथा पर्यावरण मन्त्री मोहम्मद विन सलिम विन सेद अल टोवीसँग भेट गरेकी छिन।
भेटका क्रममानेपाली राजदूत पराजुलीले आगामी अप्रिल २ तारिखदेखि ४ तारिखसम्म काठमाडौंमा हुने सगरमाथा सम्वादमा सहभागि हुन टोवीलाई निम्तो दिएकी थिइन।
सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागि हुनको लागि नेपालका पराराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली पठाएको निम्तो दिएकी हुन।
मोहम्मद विन सलिम विन सेद अल टोवीले धन्यवाद दिँदै नेपालमा हुन गइरहेको सगरमाथा सम्वादको सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए।
टोवीले सगरमाथा संम्वाद कार्यक्रममा सहभागीता जनाउने क्रममा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे।
राजदूत पराजुलीले सगरमाथा सम्वादको उद्धेश्यको बारेमा प्रकाश पारेकी थिइन। उनीहरुको भेटघाटको क्रममा वातावरण तथा पर्यावरणको क्षेत्रमा नेपाल र ओमानबीच सम्भावित समझदारी तथा समन्वयको विषयमा छलफल भएको थियो।