बिभिन्न शिलशिलामा दक्षिण कोरिया आइ वैधानिक तवरले बसिरहेका नेपालीको संख्या ३५ हजार ७ सय ११ रहेको तथ्यांक सार्वजनिक भएको छ।
यस वर्षको जुलाई अन्तिमसम्मको तथ्यांक अनुसार पुरूषको संख्या ३१ हजार ७ सय ५३ र महिलाको संख्या ३ हजार ९ सय ५८ रहेको छ।
कोरियामा अवैधानिक रूपमा रहेका नेपालीहरूको संख्या ३ हजारभन्दा बढि रहेको अनुमान गरिएको छ।
कोरियन नागरिकसँग बिहे गरि आउने, व्यापारिक शिलशिलामा आउने तथा अध्यनरत विद्यार्थीको संख्यासमेत उक्त तथ्याङ्कमा समाबेस छ।
सन् २००८मा इपिएस लागू भए यता कामदारको रूपमा कोरिया आउने नेपालीको संख्या सबैभन्दा धेरै छ भने अध्यनको शिलशिलामा कोरिया आउनेको संख्या करिब ९ सयको हाराहारीमा रहेको छ।
कोरियन नागरिकसँग बिहे गरि आउनेको संख्या करिब २ सयको हाराहारीमा रहेको बताइन्छ। त्यस्तै ब्यापारिक शिलशिलामा आउनेको संख्या भने सबैभन्दा कम छ।