अमेरिका र उत्तर कोरियाली उच्च नेता स्तरीय दोस्रो शिखर वार्ताको मिति तय भएको छ।
आगामी फेब्रुअरी २७ र २८ तारिखमा हुने किम जोङ उन र ट्रम्प बिचको वार्ताको अन्तिम तयारी भइरहेको अमेरिकी सञ्चार मध्यमलाई उद्धृत गर्दै योंहापले जनाएको छ।
वार्ताको स्थान भने भियतनामलाई रोजिएको छ। वार्ताको थप जानाकरी भने ट्रम्पले केही दिनमा हाउस अफ च्याम्बरलाई दिने अपेक्षा गरिएको छ।
यसभन्दा पहिला दुई नेतास्तरीय पहिलो शिखर बार्ता गत जुन मा सिंगापुरमा भएको थियो।
सिंगापुरमा भएको पहिलो वार्तामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो ।उत्तर कोरियाले दोस्रो वार्ताको लागि प्योङयाङलाई प्रस्ताव गरेका थियो भने अमेरिकाले भियतनामलाई उपयुक्त स्थानको रूपमा प्रस्ताव राख्दै आएको थियो।
हाल बार्ताको अन्तिम तयारी स्वरूप अमेरिकी विशेष दूत स्टेफेन बेईगुन दक्षिण कोरियाहुँदै उत्तर कोरियाको भ्रमणमा छन्।
दोस्रो शिखर बार्ताले उत्तर कोरियासँगको आणविक जटिलता अन्त्य भइ सन् २०५० देखि ५३ सम्मको दुई कोरिया बिचको सैन्य लडाई पूर्ण रूपले समाप्त हुनसक्ने अपेक्षा गरिएको छ।