पछिल्लो समय दुई कोरिया बिचको सम्बन्ध केही नजिकिदै गर्दा उत्तर कोरियाका लागि दक्षिण कोरियाबाट रेल सञ्चालनमा आएको छ।
दुई कोरियाबीच रेल सञ्चालनको १८ दिने संयुक्त प्रयास पछि शुक्रबारदेखि उक्त रेल संचालनमा आएको हो। दर्जनौं कोरियन सरकारी अधिकारि तथा बिज्ञहरू बोकेको ६ वटा डिब्बासहितको उक्त रेल शुक्रवार बिहान दुई कोरियाको सिमा क्षेत्र केइसोंङको पामुन स्टेसनमा पुगेको कोरियाली सञ्चार माध्यम योंघापले जनाएको छ।
रेल दक्षिण कोरियाको दोरासान स्टेशनबाट छुटेको थियो। विज्ञहरूले उत्तर कोरियाको १२ हजार किलोमिटर रेल ट्रयाकको अध्ययन गर्ने बताइएको छ।
लामो समयपछि दुइ कोरियालाई पुनःजोड्ने उक्त रेलको दोरासान स्टेसनमा उद्घाटन गर्दै एकता मन्त्री छो म्युंग गयोंन ले नयाँ भविष्यको शुरुवात भएको बताए।
रेल सञ्जालमा जोडिएपछि एक अर्को मुलुकमा सिमापार यात्रा र व्यापार गर्न सहज हुने अपेक्षा दुई कोरियाले लिएका छन्।
रेल सञ्जाल जोडिएपछि कोरिया प्रायद्धिपमा शान्ति र स्थायित्व सँगै समृद्धितर्फ अगाडि बढने अपेक्षा गरिएको छ।
गत अप्रिलमा प्योङयाङमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र किम जोङ उनबीचको ऐतिहासिक शिखर वार्तामा रेल सञ्जाल जोड्ने सहमती भएको थियो।
भेटमा किमले आफ्नो देशको रेल सञ्जाल आधुनिकिरण गर्न मुनसँग सहयोगको आग्रह गरेका थिए।