सामसुङ मोबाइलकै इतिहासमा पहिलो पटक सबैभन्दा धेरै ५ सय १२ जिबीको इन्टरनल मेमोरी भएको ग्यालेक्सी नोट ९ बजारमा आउने भएको छ।
अमेरिकाको न्युयोर्कबाट यही अगस्ट १३ तारिखदेखि पूर्व बुकिंङ खुल्ला गरिएको उक्त मोबाइल दुई किसिमका भर्जनमा उपलब्ध हुने छन्। ६ जीबी र्याम भएको मोबाइलको १२८ जिविको इन्टरनल मेमोरी हुने छ भने ८ जीवि र्याम सहितको मोबाइलको इन्टरनल मेमोरी ५१२ जिविको हुने छ।
हाललाई ५ सय १२ जिविको नोट ९ को मूल्य १२ सय अमेरिकी डलर कायम गरिएको छ भने १२८ जीवि भर्जनको मूल्य ९ सय डलरभन्दा माथि छ।
यही अगस्ट १३ देखि पूर्व बुकिङ खुल्ला गरिएता पनि बजारमा भने अगस्ट २४ देखि मात्र उपलब्ध हुने सामसुङको बजार ब्यावस्थापनले बताएको छ। कोरियामा पनि सोहि दिन नै पूर्वबुकिङ खुल्ला गरेको बताएको छ।