केही समयदेखि भ्रष्टाचारको छानबिनमा परेका कोरिया जस्टिक पार्टीका संसदीय दलका नेता रो होए चनले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्।
कोरियन समाचार एजेन्सीका अनुसार ‘मिस्टर क्लिन’ उपनामले चिनिने उनलाई करिब ५० लाख रुपैयाँ घुस लिएको आरोपमा छानबिन चलिरहेको थियो।
सोमबार राजाधनी सोल नजिकै रहेको नाम्सान टाउन अपार्टको १३ औं तल्लाबाट हामफालेर आत्महत्या गरेका थिए। प्रहरीले उनको साथमा रहेको आइडी कार्डको आधारमा पत्ता लगाएको थियो।
उनको घटनास्थलमै मृत्यु भएको थियो। उनको साथबाट प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ।
नेता रो लाई सन् २०१६ मा राजनीति पावरको दुरूपयोग गरी करिब ४४ हजार अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप छ। उनी एक दिनअघि मात्र अमेरिकाबाट फर्किएका थिए।