गत शुक्रबारदेखि कोरियामा बुकिङ खुल्ला गरेको सामसुङ ग्यालेक्सी S9 को बिक्रि S8 भन्दा ३० प्रतिशत कम भएको छ। तीन वटा मोबाइल बिक्रेता कम्पनी एस के टेलिकम ,केटि तथा तथा एलजी यु प्लस मर्फात बजार बजारमा बिक्रि खुल्ला गरेको कम्पनीले पहिलो दिन शुक्रबार १ लाख ८० हजार युनिट बिक्रि गर्न सफल भएको सामसुङ बजार ब्याबस्थापनले जनाएको छ। यो बिक्रि अपेक्षा गरिए भन्दा निकै कम हो।
जबकी यसभन्दा पहिलाको संस्करण ग्यालेक्सी S8 बिक्रि खुल्ला भएको पहिलो दिन नै २ लाख ६० हजार युनिट बिक्रि भएको थियो। S9 सिरिजको बिक्रि पहिलाको भन्दा ३० प्रतिशत कम हो।
बिक्रि खुल्ला भएको पहिलो दिनको बुकिङलाई महत्वका साथ हेर्ने गरिन्छ।यद्यपि नयाँ संस्करण अर्थात S9 यसभन्दा पहिलाको संस्करण भन्दा निकै परिमार्जित छ। यसको मुख्य विशेषता प्रयोगकर्ताले पछिल्लो क्यामेरा स्वचालित रूपमा १.५ र २.४ को फोकस लिन सक्नेछन्। भने चाहेजस्तो इमिजीजमा सेल्फी लिन पाउने छन्।