दक्षिण कोरियास्थित एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ।
दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी त्यहाँको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो।
यस आगलागीमा परी अन्य ८० जना घाइते भएका समाचारमा जनाइएको छ। घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ।
दक्षिण कोरियामा आगामी महिना हुन लागेको शीतकालीन ओलम्पिकमा सहभागिताका लागि हजारौँ खेलाडी तथा खेल अधिकारीहरु जम्मा हुन लागेका छन् ।
सामाजिक सञ्जालमा राखिएका श्रव्यदृश्यहरुमा उक्त अस्पतालमा रहेका विरामीलाई अस्पतालको कौसीमा जम्मा गरेर हेलिकोप्टरको माध्यमबाट उद्धार गरिएका देखिन्छ। छ तल्ले सो भवनमा सरकारी अस्पताल रहेको छ । मृत्यु हुनेमा विरामी र उनका कुरुवाहरू पनि परेका समाचारमा जनाइएको छ।
उक्त अस्पतालमा दिउँसाको खानाखाने बेलामा अकस्मात आगो लागेको हो। अागलागिको विस्तृत विवरण अाउन भने बाँकी रहेको छ।