भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्किँदा ६ जना घाइते भएका छन्।
शुक्रबार बिहान भारी वर्षा भइरहँदा विमानस्थलको टर्मिनलतर्फको छत खस्दा ६ जना घाइते भएका हुन्।
बिबिसीका अनुसार टर्मिनलको छत त्यहाँ रहेको ट्याक्सी र कारमाथि खसेको हो। कार र ट्याक्सीमा रहेका केही मानिसहरू घाइते भएका हुन्।
छतलाई अड्याएर राखिएको बिमसमेत भत्किँदा त्यहाँ पिक अप र ड्रप गर्न आएका गाडीहरू समेत दुर्घटना भएका छन्।
नागरिक उड्ड्यन मन्त्री के राममोहन नायडूले घाइतेहरूलाई अस्पताल लगिएको छ।
विमानस्थलका प्रवक्ताले भारी वर्षाका कारण ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको बाहिरी भाग खसेको बताउँदै घाइतेहरूको उपचार भइरहेको बताएका छन्।
घटनापछि मौसम टर्मिनल १ को सबै उडान रोकिएका छन्। सुरक्षा संवेदनशीलताका कारण चेक इन काउन्टर पनि बन्द गरिएको बताइएको छ।