भारतको महाराष्ट्र राज्यको भिवन्डीमा एक तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ।
भारतीय समाचार एजेन्सी एएनआइले भत्किएको भवनबाट स्थानीयहरूले २० जनाको जिवितै उद्धार गरेको जनाएको छ।
सो भवनमा कम्तीमा २० देखि २५ जना फसेको अनुमान गरिएको छ।
हाल त्यहाँ उद्धारको कार्य चलिरहेको छ।