भारतमा एकैदिन आजसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन्।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४ हजार २ सय १३ जना नयाँ संक्रमित भेटिएको जनाएको छ।
यसैगरी संक्रमणबाट यो अवधिमा ९७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहान ८ बजेसम्म भारतमा कोरोना भाइरस संक्रमित कुल संख्या ६७ हजार १ सय ५२ पुगेको छ।
यी मध्ये ४४ हजार २९ वटा सक्रिय केस हुन्।
संक्रमणका कारण कुल २ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन्।
यस्तै २० हजार ९ सय १६ जना संक्रमित बिरामी निको भएका छन्।
भारतमा भेटिएका धेरै संक्रमित महाराष्ट्र, गुजरात, दिल्ली र तमिलनाडु राज्यबाट रहेका छन्।
संक्रमित संख्या वृद्धि आएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनको रणनीति र अर्थव्यवस्थालाई कसरी अगाडि लैजाने भन्ने बारेमा छलफल गर्न मुख्यमन्त्रीहरूसँग भेट गर्ने भएका छन्।
बैठक मार्च १७ का लागि तोकिएको छ।
भारतले जारी गरेको दोश्रो चरणको लकडाउन यही दिन सकिदैंछ।
पछिल्लो पटक प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरूसँग अप्रिल २७ मा भिडियो सम्मेलन गरेका थिए।
उक्त सम्मेलनमा अधिकांश राज्यहरूले लकडाउन खुकुलो पार्ने र प्रतिबन्धहरुको अन्त्य गर्ने धारणा राखेका थिए।