भारतको महाराष्ट्र राज्यबाट मात्रै लकडाउन नियम उलंघन गर्ने १८ हजार जना पक्राउ परेका छन्।
भारतमा केन्द्रीय सरकारले देशव्यापी लकडाउन लागु गरेसँगै सोको उलंघन गर्नेहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्दै आएको छ।
महाराष्ट्र भारतमा कोरोनाबाट प्रभावित राज्यमध्ये पहिलो नम्बरमा पर्छ।
मन्त्रालयले यस अवधिमा १८ हजार ७२२ जना व्यक्ति र ५३ हजार ७१ वटा सवारीसाधनहरु नियन्त्रणमा लिएको पनि जानकारी दिएको छ।
लकडाउन उलंघन गर्नेहरुबाट झण्डै तीन करोड भारतीय रुपैयाँ जरिमाना उठेको मन्त्रालयको भनाइ छ।
क्वारेन्टाइनको वा लकडाउनको नियम उलंघन गर्नेहरुका बारेमा १०० मा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ।
प्रहरीले अन्य कुनै गुनासो वा समस्याहरुका बारेमा समेत फोन गरेर जानकारी दिन सकिने बताएको छ।