भारत सरकारले कोरोना भाइरस रोकथामका लागि लगाएको राष्ट्रव्यापी लकडाउन केही खुकुलो पारेको छ।
कृषि व्यवसाय, खेतीपाती र माछा पालनमा लगाइएका प्रतिबन्धहरु खुकुलो हुनेछ। बाली काट्ने र दैनिक मजदुरी क्षेत्रहरूमा काम गर्नेहरुलाई पुनः काममा लाग्न सरकारले अनुमति दिएको छ।
खाद्यान्न अभावबाट बच्नका लागि फार्महरु पुनः संचालन गर्ने अनुमति दिइएको हो।
त्यस्तै दैनिक ज्यालादारी गर्ने हजारौं मानिसहरूको आयको श्रोत मानिएको सडक र पानीको लाइन निर्माण जस्ता महत्वपूर्ण सार्वजनिक काम सामाजिक दूरी अन्तरगत रहेर काम गर्नेगरी अनुमति दिइएको छ।
बैंक, एटीएम, अस्पताल, क्लिनिक, फार्मेसी र सरकारी कार्यालय खुला रहनेछन् भने प्लम्बर, इलेक्ट्रीसियनहर सिकर्मीहरूलाई समेत काम गर्ने अनुमति दिएको छ।
तर सबै व्यवसाय र सेवाहरू पुनः खोल्दा भने सामाजिक दूरीको मापदण्डमा रहनुपर्नेछ।
हटस्पट घोषणा नगरिएका ती केहि सार्वजनिक र निजी क्षेत्रहरु खोल्ने अनुमति पनि भारत सरकारले दिएको छ।
हटस्पट तोकिएका क्षेत्रमा भने कुनै पनि प्रतिबन्धहरु खुकुलो नपार्ने भारतीय सरकारले स्पष्ट पारेको छ।
यी बाहेक अन्य कामका लागि अनुमति दिइएको छैन।
केही समयका लागि आन्तरिक तथा अन्तराष्ट्रिय उडानसँगै दुई प्रदेशबिच यात्रामा समेत रोक लगाइएको छ।
राज्य सरकारले प्रतिबन्धहरू कहाँ र कति कम गर्ने निर्णय लिनेसक्नेछन्।
दिल्लीका अरविन्द केजरीवाल लगायत धेरै राज्यका मुख्य मन्त्रीहरूले आफ्नो क्षेत्रमा तत्कालै कुनै किसिमको प्रतिबन्ध नहटाउने जनाएका छन्।