भारतले आतंकवादी सूचिमा राखेको जम्मू कश्मीर श्रीनगरका नवा कदलका ऐजाज अहमद अहंगार २५ वर्षपछि अफगानिस्तानमा पक्राउ परेका छन्।
उनलाई यसै महिनाको सुरुतिर अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशालय (एनडीएस)को टोलीले राजधानी काबुलदेखि पाँच सय किलोमिटर टाढा रहेको कंधारबाट पक्राउ गरेको हो।
उनी अफगानिस्तानको खोजी सूचिमा रहेका इस्लामिक राज्य 'खोरासन प्रान्त' प्रमुख अस्लम फारुकीसँग पक्राउ परेका हुन्।
पक्राउ फारुकीले २५ मार्चमा अफगानमिस्तान २७ जनाको ज्यान जानेगरी भएको गुरुद्वारा आक्रमणको जिम्मा लिएका थिए।
पक्राउ पर्दा अहंगार आफू पाकिस्तानको इस्लामाबादका अली मोहम्मद भएको भन्दै वास्तविक परिचय लुकाएका थिए।
अप्रिल ४ मा मात्र उनको वास्तविक परिचय खुलेको थियो।
उनको परिचयको पर्दाफास कसरी भयो भन्ने बारेमा भने केही थाहा हुन सकेको छैन।