भारतको तबलिगी जमातका प्रमुख मौलाना साद खण्डल्भ र उनका ६ सहयोगीलाई इण्डियन पेनल कोड (आईपिसी)को धारा ३०४ अन्तर्गत प्रहरीले पक्राउ गरेको छ।
लकडाउन घोषणा भएपछि पनि तबलिगी जमात गरेका कारण सो जमातबाट कोरोना भाइरसको संक्रमण फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएपछि उनीहरूलाई पक्राउ गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ।
दिल्ली प्रहरीका मन्दिप रान्धवाले उनीहरूलाई पक्राउ गरेको पुष्टि गरेका छन्।
यसमा दोषी भेटिए उनीहरूलाई कानुन अनुसार १० वर्षसम्म कैद हुनेछ।
दिल्ली क्राइम ब्रान्चले जमात आयोजक समितिका थप १८ जनालाई सूचना पठाएको छ।
उनीहरुलाई जमातमा उपस्थित भएकाहरुको नाम र ठेगाना दिनलाई भनिएको छ। यसका साथै उनीहरूलाई लकडाउनबिच पनि जमात जारी राख्नुको कारण खुलाउन समेत भनिएको छ।
प्रहरीले यस मामिलामा तबलिगी प्रमुखलाई २६ वटा प्रश्न सोधिएको दुई वटा कानुनी सूचना पठाएको थियो तर उनले सो समयमा आफू क्वारेन्टाइनमा रहेका आफूलाई सोधिएका थुप्रै प्रश्नको उत्तर दिन नसकिने जवाफ फर्काएका छन्।
प्रहरीले अब उनको क्वारेन्टाइन अवधि सकिन लागेकाले उनको बयान लिने र पक्राउ गर्ने वा नगर्ने निर्णय लिनेछ।
प्रहरीले जमातमा सहभागी १,८९० विदेशीको खोजी गर्न सर्कुलर जारी गरेको छ।
उनीहरु अहिले भारतको विभिन्न भागमा लुकेर बसेको प्रहरीको अनुमान छ।
उनीहरुको खोजी गर्न विभिन्न टोली खटाइएको छ।