भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम भएका १७० जिल्ला पहिचान गरेको छ।
त्यस्तै २०७ जिल्लालाई संक्रमणको सम्भावित जोखिम भएको जिल्लाका रुपमा पहिचान गरेको छ।
अधिकारीहरुले हालसम्म कोरोनाको संक्रमण समुदायबिच नफैलिएको जनाएको छन्।
स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार राज्यहरुलाई जोखिमका आधारमा जिल्लाहरु तीन वर्गमा छुट्याउन लगाइएको जनाए।
उच्च संक्रमण पाइएको जिल्लालाई निषेधित क्षेत्र, थोरै संक्रमण देखिएको जिल्लालाई जोखिम पहिचान जिल्ला र कुनै संक्रमित नभेटिएको जिल्लालाई ग्रीन जोन मानिएको उनले बताए।
बुधबार क्याबिनेट सचिव, प्रमुख सचिव, डिजिपी, स्वास्थ सचिव, कलेक्टर, एसपी, नगरपालिका आयुक्त र मुख्यमन्त्री अधिकारीहरुको भिडियो सम्मेलनमा संक्रमित क्षेत्र वर्गबारे छलफल गरेका थिए।
‘सबै अधिकारीहरुलाई संक्रमण प्रकोप रणनीती, ती क्षेत्रबारे छलफलसँगै त्यहाँको प्रवेश र निकास विन्दुहरु बारे छलफल गरियो’, सहसचिव अग्रवालले भने।
उच्च जोखिम भएका क्षेत्रमा अत्यावश्यक सामाग्रीका लागि बाहेक चहलपहल गर्न निषेध छ। अग्रवालका अनुसार यी क्षेत्रको अनुगमन र प्रत्येक घरलाई ट्र्याक गर्न विशेष टोली खटाइनेछ।
बिहीबारसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या १२, ३७० पुगेको छ भने ४२२ जनाको ज्यान गएको छ।