भारतको राजधानी दिल्लीमा कोरोना भाइरसका संक्रमित बढेका छन्।
मंगलबारसम्म संक्रमित संख्या १५ सय ६१ पुगेको त्यहाँका अधिकारीहरूले बताएका छन्।।
सोमबारसम्म भने त्यो संख्या १५ सय १० थियो भने मृतकको संख्या २८ थियो।
पछिल्लो २४ घण्टामा ५१ नयाँ संक्रमित थपिएका छन् र दुई जनाको मृत्यु भएको छ।
दिल्लीका अधिकारीहरूले कुल संक्रमितमध्ये ३० जना निको भएर डिस्चार्च भएको र एक जना देश बाहिर गएको बताएका छन्।
भारतमा हालसम्म १० हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।
कोरोनाका कारण भारतभर ३५३ जनाले ज्यान गुमाइसकेका छन्।
भारतमा कोरोनाबाट कारण सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो। त्यहाँ हालसम्म १६० जनाको कोरोनाबाट मृत्यु भएको छ भने २३ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी कोरोना प्रभावित राज्यमा दिल्ली दोश्रोमा छ भने तेश्रोमा तमिलनाडु रहेको छ।
यसैगरी राजस्थान, मध्य प्रदेश, उत्तर प्रदेश तथा तेलाङ्गना राज्यमा पनि बढी प्रभावित राज्य हुन्। यी सबै राज्यमा संक्रमितको संख्या ६ सय बढी रहेको छ।
मंगलबारमात्र भारतले देशमा जारी लकडाउनलाई वैशाख २१ गतेसम्म बढाउने निर्णय गरेको छ।