भारतमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो छ दिनमा दोब्बर भएको छ।
योसँगै संक्रमितको संख्या १०,००० नाघेको छ।
यसैगरी भारत सरकारले कोरोना परीक्षणको मात्रालाई अत्याधिक बढाएको छ।
सोमबार मात्र भारतभर १,२५३ नयाँ संक्रमित केस फेला परेका छन्।
यसमा सबैभन्दा बढी संक्रमित दिल्लीमा भेटिएका छन्। त्यहाँ मात्र ३५६ संक्रमित भेटिएको टाइम्स अफ इण्डियाले जनाएको छ। दिल्लीमा योसँगै भाइरस संक्रमितको संख्या १,५१० पुगेको छ।
सोमबार संक्रमणबाट चार जनाको मृत्यु भएको छ।
कोरोनाबाट हालसम्म त्यहाँ २८ जनाको मृत्यु भएको छ।
गत महिना नयाँ दिल्लीको निजामुद्दीनमा मुस्लिम मिसनरी, तब्लिगी जमातमा भेला भएको व्यक्तिहरुमासंक्रमण बढि देखिएको हो।
भारतमा मार्च २५ देखि लकडाउन जारी छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थप हुन सक्ने बताएका छन्। उनले केहीबेरमा देशलाई सम्बोधन गर्दैछन्।