आइतबार भारतको पन्जाबस्थित पटियालामा लकडाउनको अवज्ञा गरेका एक समूहलाई प्रहरीले ‘कर्फ्यू पास’ माग्दा प्रहरी कै हात काटिदिएका थिए।
हात काटिएका ती प्रहरीको हात पुनः जोडिएको छ। प्राध्यापक रमेश शर्मा र उनको टिमको सात घण्टा बढीको चुनौतीपूर्ण शल्यक्रियापछि यो सफल भएको हो।
प्राध्यापक शर्माका अनुसार आइतबार बिहान १० बजे उनको शल्यक्रिया सुरु भएको थियो।
घटना भएको केही समय मै उनलाई अस्पताल पुर्याइएका र उनको काटिएको हात राम्रो अवस्थामा रहेकाले पुगेकाले उनको तुरुन्तै शल्यक्रिया शुरु गरिएको थियो।
डाक्टरहरुका अनुसार उनलाई थप ४८ घण्टा अवलोकनका लागि अस्पताल मै राखिनेछ।
‘रक्त संचालन ठिक छ वा छैन बुझ्नका लागि उनलाई अस्पताल मै राखिएको हो। केही जटिलता आएमा पुनः शल्यक्रिया गर्न पर्ने हुनसक्छ’, प्राध्यापक शर्माले टाइम्स अफ इन्डियालाई बताएका छन्।