फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट एकैदिन धेरै जनाको मृत्यु भएको छ।
त्यहाँ एकैदिन कोरोनाका कारण ८३३ जनाको मृत्यु भएपछि मृतक संख्याले नयाँ बिन्दु कायम गरेको छ।
हालसम्म फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट ८ हजार ९ सय ११ जनाको मृत्यु भइसकेको छ भने ९८ हजार १० जनामा संक्रमण भेटिएको छ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याकं अनुसार मृतकमध्ये ६०५ जनाको अस्पतालमा मृत्यु भएको हो भने २२८ जनाको नर्सिङ होममा मृत्यु भएको हो।
यो संख्या १० प्रतिशत बढी हो।
मृतक संख्या बढेपनि पछिल्लो समय त्यहाँ संघन उपचार गर्नुपर्ने विरामीको संख्यामा भने १.३ प्रतिशतको मात्र वृद्धि देखिएको छ।