एन.आर.एन ए फ्रान्सको आयोजनामा २ सेप्टेम्बर २०१८ का दिन तीज धमाका कार्यक्रम सम्पन्न भएको छ।
तीन जना ख्यातीप्राप्त नेपाली कलाकार नलिना चित्रकार, मिलन लामा र रिता के. सी. को उपस्थितिमा भएको कार्यक्रममा उल्लेख्य नेपालीको सहभागिता थियो ।
एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्लको सभापतित्वमा भएको कार्य्रममा प्रमुख अतिथि फ्रान्सस्थित नेपाली राजदूत अम्बिका देवी लुइँटेललाई बनाइएको थियो।
एन आर एन फ्रान्सका पूर्व तथा वर्तमान पदाधिकारीसहित यहाँस्थित अन्य संघ संस्थाका पदाधिकारीको बाक्लो उपस्थिति थियो।
गायीका रिता केसीले आफ्ना तीज गित गाएर महिलालाई नाचाएकी थिइन् भने नलिना चित्रकार र मिलन लामाले आफ्ना लगाएत विभन्न चिरपरिचित गीतहरु गएर सबैलाई मनोरञ्जन दिएका थिए।
नलिना चित्रकारको ‘पानी पनि भयो मेरो मन पनि..’ गीतबाट सुरु भएको सांकृतिक कार्यक्रम, रिता केसी को ‘बम बम भोले..’ हुँदै मिलन लामाको ‘माझीदाई पोखरा फेवातालको...’ गीतसम्म आउदा पनि दर्शकहरु पुरै जोशका साथ नाँचेर मनोरन्जन लिएका थिए ।
फ्रान्सका नेपाली महिला दिदी बहिनीलाई निःशुल्क तीजको दर खुवाउने, नेपालको झल्को मेटाउने, नेपाली भाषा, कला संस्कृति, रितिरिवाजको संरक्षण र नेपाली परम्परालाई आत्मसाथ साथ गर्दै नेपाली समाजमा एकता, भातृत्व र सदभावलाइ निरन्तरता दिने उद्देस्यले कार्यक्रलाइ प्रस्तुत गरिएको संस्थाका प्रवक्ता प्रकाश सापकोटाले बताए।