सधै जिन्स र टिसर्टमा दौडादौड गरिरहने नेपाली दिदी बहिनी आजकल सप्ताहान्त राता कपडामा सजिएर रातै लिबिस्टिक ,रातै चुरा अनी रातै टिकामा देखिन थालेका छन्।
कोही कतै पार्कमा जम्मा भएर होस् वा आफ्नो घर अगाडिको चौर वा हल नै बुकिङ गरेर नेपालदेखि कलाकार बोलाएर होस् वा यतै बसोबास गरिरहेका लोकल कलाकार नै किन नहुन् बिन्दास नाच्ने नचाउने काम भइरहेको छ।
यो सबै आइरहेको तीजको लागि नै हो। एक महिनादेखि चलेको यो रमाइलो उत्सव देखेर विदेशी त दंग छन् नेपाली चेलीहरु पनि विदेशमा आफ्नो कला संस्कृति भन्दै नेपाली साडी चोलोमा भेटघाट र खानपिन अनी नाच गानमा मस्त छन्।
गत सनिबार केही विदेशी र नेपाली चेलीका साथै डेनमार्कका गन्यमान्य व्यक्ति बोलाएर डेनमार्कका नेपाली महिलाको संस्था क्रियटिभ नेप्लिज वमन डेनमार्कले एक तीज कार्यक्रमको आयोजना गर्यो।
डेनमार्क कोरोना फ्री भइसकेको छ। झन्डै डेढ़ दुई वर्षदेखि बाहिर निस्कन बाहना खोजिरहेका उनीहरूलाई तीज बरदान साबित भएको छ।
कोरोना महामारी पछि भब्य रुपमा डेनमार्कमा मनाइएको यसपालिको तीजमा डेनमार्कका नेपाली दिदीबहिनी खुलेर नाँचे गाए जसमा रौनक थपिन् नेपालदेखि आएकी गायीका रिता केसीले।
हरेक कार्यक्रम भिन्न शैलीले गर्ने यो सक्रिय संस्थाले यसपालिको तीज कार्यक्रम पनि मौलिक तीज साँझ २०२२ भन्दै फ़रक प्रकारले आयोजना गरेको कुरा क्रिएटिभकी अध्यक्ष सरू पाण्डेले बताइन्।
‘फरक यस अर्थमा पनि कि हामीले यसपालि व्यापक लोकल कलाकारलाई प्रोहोत्सान गरेर मञ्चचमा उतारेका थियौ उहाँहरूले मात्र १७ विभिन्न विधामा आफ्नो कला प्रस्तुत गर्नुभयो’, उनले भनिन्।
हरेक वर्ष भिन्न तवरले तीज मनाउँदै आएका क्रियाटिभका दिदी बहिनीलाई यहाँको गैर आवासीय नेपाली संघ डेनमार्कले सहयोग गर्दै आएको छ। संघका अध्यक्ष शैलेन्द्र अधिकारीले दिदीबहिनीको कार्यक्रम मनोरञ्जनपूर्ण भएको बताए।
‘‘के देश के परदेश न भाषा मिल्छ न भेष तै पनि तीजले सात समुद्रको सीमा काट्दै नेपालीपन र भेषभुसालाई विदेशी भूमीमा समेत स्थापित गराउने जमर्को गरिरहेको छ’, उनले भने।
कार्यक्रममा कार्यबाहक नेपाली राजदूत तिर्थ अर्यालसहित डेनमार्कमा सक्रिय सबै संघ संस्थाका प्रमुखको उपस्थिति थियो।कार्यक्रममा डेनमार्कमा बसोबास गर्ने नेपालीको व्यापक उपस्थिथि थियो।
एभरेस्ट फुड स्ट्रीट र करी ललञ्ज रेस्टुरेन्टको तर्फबाट दरको व्यवथा गरिएको कार्यक्रममा लक्की ड्र मार्फत स्मार्ट वेयर र नेप्सो डेनमार्कले गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।