गैरआवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) ले सिड्नीमा आफ्नै कार्यालय स्थापना गरेको छ।
पाँच लाख ८८ हजार डलरमा खरिद गरिएको एनआरएन अष्ट्रेलियाको भवनको एक कार्यक्रमबीच यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले उदघाटन गरे।
एनआरएन अष्ट्रेलियाले आफ्नो प्रशासनिक र अन्य कार्यहरू अबदेखि आफ्नै भवनवाट सञ्चालन गर्ने भएको छ।
न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले एक समारोहकाबीच वैदिक मन्त्रोच्चारणका साथ कार्यालयको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यूसाउथवेल्सका प्रिमियर मिन्सले नेपाली समूदायको खुलेर प्रशंसा गरे। नेपालीको बाक्लो उपस्थिति रहेको रकडेल, कोग्रालाई आफ्नो राजनीतिक क्षेत्रका रुपमा रोजेका प्रीमियर क्रिस मिन्सले अष्ट्रेलियालाई आफ्नो घर बनाउन सफल सबै नेपालीहरूलाई बधाई समेत दिँदै अष्ट्रेलियामा नेपालीको पहिचान मिहिनेती र कर्मठ समुदायका रूपमा रहेको बताए। कार्यालय भवन खरिदका लागि २ लाख १० हजार डलर अष्ट्रेलियन सरकारबाट अनुदान समेत प्राप्त भएको छ।
कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सबै नेपालीका लागि यो गर्वको विषय भएको र एनआरएन अष्ट्रेलियासँग विगतमा झै हातेमालो गर्दै काम गर्न नेपाल सरकार, नेपाली दूतावास तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै एनआरएनका अध्यक्ष अनिल पोखरेलले एनआरएन यस अभियानमा साथ दिने सबै व्यक्तित्वहरू धन्यवादको पात्र रहेको बताए।