अष्ट्रेलियाको मेलबर्नमा १० वर्षपछि महजात्रा सम्पन्न भएको छ।
मेलबर्नमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहितका कलाकारको टोलीले शनिबार आफ्नो प्रस्तुति दिएका थिए।
यसअघि सन २०१४ मा महजात्रा आयोजना गरिएको थियो। प्रतिकूल स्वास्थ्यका बाबजुत पनि मदनकृष्ण श्रेष्ठले आफ्नो प्रस्तुति दिएका थिए।
पार्किन्सन्स रोगले थलिएका मदनकृष्ण श्रेष्ठले फुलबुट्टे सारी, एउटा सपना छ तिमीलाई माया गर्ने लगायतका लोकप्रिय गीतहरू गाउँदा दर्शक श्रोता भावुक देखिन्थे।
त्यस्तै, हरिवंश आचार्यले उपाध्याय मम सेन्टर प्रहसन गरेका थिए। कार्यक्रममा देशको स्वास्थ्य क्षेत्र माथि कडा व्यंग्य प्रहार गरी 'होलबडी चेकअप' प्रहसन गरिएको थियो।
कार्यक्रममा किरण केसी, गायिका कुन्ती मोक्तान, शिलाबहादुर मोक्तान लगायतले आफ्नो प्रस्तुति दिएका थिए।