नेपालको पर्यटक प्रवर्द्धनका लागि प्रवासमा रहेका नेपालीले पहल सुरू गरेका छन्।
यसैबीच एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटुवालले सिड्नीबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने अभियान सुरू गरेका छन्।
नेपालको एडभेन्चर टुरिजम, कल्चर एन्ड हेरिटेज टुरीजम, हेल्थ एन्ड वेलनेस टुरिजम र कम्युनिटी टुरिजम प्रवर्द्धन गर्ने भन्दै उनले विशेष अभियान सुरु गरेका हुन्।
‘केही फरक र अलग गर्ने चाहना बोकेर मुलुकको पर्यटनलाई फरक कोणबाट चिनाउने प्रयास सुरू गरेका हौ’, उनले भने, ‘हाम्रो काम टिकट बिक्री मात्र नभएर विदेशी नागरिकका लागि नेपालको पर्यटकीय क्षेत्रबारे जानकारी गराउँदै नेपाल घुम्न प्रेरित गराउनु हो।’
नेपालमा सम्भावना बोकेका धार्मिक पर्यटन र साहसिक खेल पर्यटनलाई लक्षित गर्दै विभिन्न प्याकेजसमेत बनाएर बजार प्रर्वधन गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको सिइएमटी ट्राभल एन्ड टुर्सका सञ्चालक कटुवालले जानकारी दिए।
यो अभियानमा अली अस्लान, समिप कटुवाल, कामना केसी बानियाँ र श्रृती रोकायाको युवा टिमले काम अगाडि बढाएको छ।
यसले सडक, हवाइ क्षेत्रदेखि पानी जहाजका सेवा समेत उपलब्ध गराउने कटुवालले बताए।
‘हाल हवाइ टिकट, नेपालको भ्रमण र क्रुज प्याकेज सुरू गरेको र निकट भविष्यममा आफ्ना अन्य कामलाई अगाडि बढाउने लक्ष्य राखेका छौ’, योजनाकार गोवा कटुवालले सिड्नीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने।
कार्यक्रममा कानुन ब्यवशायी शम्सेरसिंह थापा, एनआरएनका पूर्व उपाध्यक्ष दिनेश पोखरेललगायतले सफलताको शुभकामना दिएका थिए।