तराई,मधेशमा निकै लोकप्रिय छठ पर्व अहिले राजधानी काठमाडौं हुँदै विदेशमा पनि धुमधामका साथ माउन थालिएको छ।
सूर्यको उपासना गरी मनाइने छठ अर्थात् छैठ, छठी, दिनकर दिनानाथ, छइठ आदि नामले जानिने पर्व यस पटक अस्ट्रेलियाको सिडनीमा भब्य रुपमा सम्पन्न भएको छ।
तराइमा बसोबास गर्दै आएका नेपालीको संगठन एशोयिट्स अफ नेपाल तराई अस्ट्रेलियाले सिडनीको लिभुरपुल क्षेत्रको चिपीङ नर्टन पार्कको तलाउ किनारमा यो पर्वलाई भब्य रुपमा आयोजना गरेको हो।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले स-परिवार सहभागिता जनाएका थिए।
राजदूत पोखरेलले छठ पर्वको महत्व बढदै जाँंदा यतिखेर यो राष्ट्रिय पर्वका रूपमा पहिचान बनाइसकेको बताए।
‘यसरी अस्ट्रेलिया आएर पनि नेपालीजनले विदेशी भूमिमा आफ्ना गौरवमय पर्वहरू मनाउनु आफैंमा महत्वपूर्ण उपलब्धि हो’, उनले भने।
पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छन्। दसैं र तिहारलगत्तै पर्ने यो पर्वमा कात्तिक शुक्ल पक्ष षष्ठीको छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ।
पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरू गर्छन्। भोलिपल्ट सप्तमी (पारन) का दिन बिहान उदाउँदो सूर्यलाई पुन:अघ्र्य दिइ पूजा बिसर्जन गरिन्छ।
पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिने आयोजक एन्टाका अध्यक्ष शुवास शाहले बताए।
कार्यक्रममा एनआरएनका उपाध्यक्ष देब गुरूङ ,काउन्सिलर भद्रा वाइवा अनि आइसीसी सचिब होम पाण्डे लगायतले छठ पर्वको महत्वबारे प्रकाश पारेका थिए।