अस्ट्रेलियाको पश्चिमी शहर पर्थमा यतिखेर नेपाली समुदाय भित्र फुटबलको रौनकले चलेको छ।
हरेक वर्ष पर्थमा सञ्चालन हुने वेष्टर्न अस्ट्रेलिया नेप्लीज फुटबल लिग सुरू भएको छ।
लिग कम नक आउटका आधारमा सञ्चालन हुने लिगमा पर्थ वरपरका दस वटा नेपाली फुटबल क्लबले सहभागिता जनाएका छन्।
खेलुकदको माध्यमबाट आपसी भाइचारा र नेपालीबीच सद्भाव बढाउने उद्धेश्यले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिँदै आएको आयोजक कमिटिका सुवास श्रेष्ठले जानकारी दिए।
पर्थमा नेपाली विद्यार्थीको संख्या दिनदिनै बढिरहेको अवस्थामा खेलुकद एक आपसमा जोडिने माध्यम पनि बन्दै आएको श्रेष्ठको तर्क छ।
यस पटक वेष्टर्न अस्ट्रेलिया नेप्लीज लिग फुटबलमा नेप्लीज युनाइटेड क्लब, गोर्खा व्वाइज, ड्राष्न युनाइेटड, नमस्ते फुटबल क्लब, युवा फुटबल क्लब, एसएफजी, खुकुरी फुटबल क्लब, म्याडिगंटन क्लब, गोर्खा ब्वाइन बी र भाषा पाठशाला रिक्रेएसन क्लबले सहभागिता जनाएका छन्।
आयोजक मध्येका एक प्रवेश थापाका अनुसार हरेक वर्ष आयोजना हुने यस लिग फुटबललाई एभरेष्ट ग्लोबल एजुकेशनले मुख्य प्रायोजक बनेर सहयोग गरेको छ भने अस्ट्रेलियन टेक्नीकल कलेजले सह प्रायोजन गरेको छ।
प्रतियोगितामा खेलाडीलाई हिमालयन नेप्लीज रेष्टुरेन्टले मिष्ठान्न भोजन उपलब्ध गराउनेछ। प्रतियोगिताको च्याम्पीयन टोलीले २५ सय डलर र ट्रफी तथा दोस्रो हुनेले १५ सय र तेस्रो स्थान हात पार्नेले सात सय पचास डलर प्राप्त गर्ने लिग सञ्चालक कमल थापाले जानकारी दिए।
करिब तीन महिनासम्म चल्ने लिग नोभेम्बरसम्म चल्नेछ।