अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले क्यानबेराका गर्भनर जनरल डेविड हर्लीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्।
राजधानी क्यानबेराको गर्भनर हाउसमा सोमबार आयोजित कार्यक्रममा नवनियक्त राजदूत पोखरेलले गर्भनर हर्लीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन्।
कार्यक्रममा अस्ट्रेलियाका गर्भनर जनरल हर्लीले राजदूत पोखरेललाई सफल कार्यकालको शुभकामना दिए।
राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट पठाइएको सन्देश गर्भनर जनरललाई सुनाएका थिए । पोखरेललाई गार्ड अफ अनरसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली दूतावासका प्रथम सचिव कुल बहादुर मगर लगायतको उपस्थिति थियो।
ओहदाका प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा राजदूत पोखरेलले दुई देश बीचको आपसी सम्वन्ध र मित्रता थप प्रगाढ हुने विश्वास ब्यक्त गरे।
तत्कालीन केपी शर्मा ओली सरकारको पालामा कार्यकालको बीचमै पूर्व राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएपछि अस्ट्रेलियाको दूतावास लामो समयसम्म राजदूतबिहिन थियो।
यस बीचमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नेकपा ‘एकीकृत समाजवादी’ को तर्फबाट कैलाशलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेको हो।
नेपाल सरकारको तर्फबाट राजदूत नियुक्ति भए लगत्तै पोखरेल करिब एक साताअघि अस्ट्रेलिया आएका हुन् ।