नेपालका असक्षम बालबालिका लागि ह्विलचेयर सहयोग गर्ने उद्धेश्यमा किड्स अन ह्विलचेयर एलाएन्सले च्यारीटी डिनर कार्यक्रम आयोजना गरेको छ।
न्यु साउथवेल्स महावाणिज्य दूतावासको संयोजनमा सिड्नीमा भएको कार्यक्रममा नेपाली कला संस्कृति झल्काउने नृत्यसहितको प्रस्तुती थियो।
कार्यक्रम एनएसडब्लु राज्यका सांसद सौकत मुसलमानीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
जसमा यो एलायन्स अन्तर्गत नेपाललगायतका दक्षिण एशियाली राष्ट्रमा बालबालिकाका लागि निःशुल्क ह्विलचेयर उपलब्ध गराउँदै आएको छ।
कार्यक्रममा नेपाली समुदायको प्रशंसा गर्दै सांसद मुसलमानीले यस्ता सहयोगी कार्यक्रमले निकै महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए।
कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदूत दिपक खड्काले नेपालसहित दक्षिण एशियाली मुलुकका बालबालिकामा देखिएको ह्विलचेयरको अभावलाई यस्ता सहयोगी कार्यक्रमले सहयोग पुग्ने बताए।
उनले सानै उमेरमा विविध कारणले असक्षम बालबालिकालाई सहयोग गर्ने उद्देस्यले यसअघि पनि आफूले अभियान चलाउँदै आएको बताए।
नेपालको चाइल्ड डेभलपमेन्ट सोसाइटीलाई सहयोग स्वरूप कम्तीमा पचास वटा ह्विलचेयर प्रदान गरिने खड्काले बताए।
कार्यक्रममा विभिन्न सहयोगीबाट प्राप्त सामाग्रीलाई अक्सनमा बिक्री गरेरसमेत सहयोग रकममा बृद्धि गरिएको थियो।
जसमा युवा अभियन्ता विजय पल र महेश प्रशाइले अक्सन गरेका थिए।
कार्यक्रममा नेपाली समाजका अगुवा तथा केही अस्ट्रेलियन राजनितीज्ञको समेत सहभागिता थियो।