अस्ट्रेलियाको जिलोङ बहुसांस्कृतिक महोत्सवमा ग्रेटर नेपाली समाजले नेपालको कला र संस्कृति झल्कने प्रस्तूती दिएको छ।
सन् १९८३ बाट सुरू भएको बहुसांस्कृतिक महोत्सव पाको महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाजले नेपाललाई वुद्ध र सगरमाथाको देश र बहुभाषिक/बहुसांस्कृतिक देशको रुपमा प्रस्तुति र प्रबर्द्धन गरेको हो।
पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख र अस्ट्रेलियाकै ठूला मध्येकै बहुसांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ।
विगत ११ वर्षदेखि हुँदै आएको कार्यक्रममा सहभागीको संख्या एक लाखभन्दा बढी हुने गरेकोमा यस वर्ष कोभिडका कारण केही कमि आएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार फरक मोडलमा यो वर्ष महोत्सवलाई निरन्तरता दिएको हो।
कार्यक्रममा ८० वर्षिया दिल माया श्रेष्ठ (कान्छी) नेवारी पहिरनमा वुद्धको मूर्तिसहित स्टेज परेडमा सहभागी भएकी थिइन्।
कार्यक्रममा रूची अर्यालद्धारा 'शिरैमा शिरबन्दी' गीतमा नृत्य प्रस्तुत गरिएको थियो।
नेपालीको बसोबास सानो रूपमा रहे पनि एक लाखभन्दा बढीको जन सहभागिता हुने महोत्सवमा नेपालको कला र संस्कृति प्रवर्द्धनको गर्न भन्दै सन् २०१३ मा पहिलो पटक महोत्सवमा सहभागी हुँदै आएको हो।
पहिलो वर्षबाटै महोत्सवमा नेपाल झल्काउने पहिरन, नेपाली झन्डा, ब्यानरसहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा मात्रै नभएर कुमारीको देशको रुपमासमेत चिनाउने काम भएको थियो।
कार्यक्रममा मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहले कुमारी भेषमा परेडमा सहभागी भै स्टेजमा कुमारी नृत्य प्रदर्शन गर्ने क्रममा महोत्सबमा कुमारी धेरैको आकर्षणको केन्द्र बनेको थियो।
स्थानिय पत्रिकाले महत्वका साथ स्थान दिएका थिए। त्यसपछि नेपाली प्रस्तुती र पहिचान झल्काउने कामलाई निरन्तरता दिइरहेको छ।
यस वर्ष कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विश्व अभियानका संयोजक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका विश्व सल्लाहकार रामकुमार श्रेष्ठ, जन सम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष बिनित शर्मा, बालसंसार ग्लेनरोयका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका संरक्षक रूपक अर्याल, भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार ज्ञानेन्द्र उप्रेती, यात्री हाउस इभेन्टको संस्थापक प्रमुख कार्यकारी अधिकृत प्रकाश थापा, दिदी-बहिनी समाज भिक्टोरियाका तर्फबाट रोशनी श्रेष्ठ, राज श्रेष्ठ र बर्षा केसी राजभण्डारीलगायतको उपस्थिति थियो।