नेपाली साहित्य समाज न्युजिल्यान्डले एनआरएनको सहयोगमा कवी धरणीधर कोइराला स्मृति दिवस मनाएको छ।
नेपाली साहित्य समाज न्युजिल्यान्डका सक्रिय सदस्य विनोद आचार्यको संयोजनमा सम्पन्न कार्यक्रममा नेपाली भाषा र साहित्यको सम्बर्धन र प्रर्वधनमा उल्लेख्य भूमिका निर्वाह गर्ने नेपाली साहित्य सर्जकले कवि धरणिधर कोइरालाको सम्झना गरेका थिए।
कार्यक्रम आयोजनाको लागि एनआरएन न्युजिल्यान्ड र न्युजिल्यान्ड नेपाल सोसाइटी अकल्यान्डलगायतले सहयोग गरेका थिए।
कार्यक्रममा सहभागी श्रष्टाले कवि धरणीधर कोइरालाले आफ्नो साहित्यमार्फत नेपाली समाजलाई दिएको चेतना र शन्देशबारे चर्चा गरेका थिए।
कार्यक्रममा डा ध्रुवचन्द्र गौतम, अभि सुवेदी, अशेष मल्ल, तुलसी भट्टराई, हरिहर बिरही, भुवन ढुंगाना, उषा नेपाल,, प्राडा विद्यानाथ कोइराला, सुखनम लेप्चा, कृष्णसिंह मोक्तान, मनिका शर्मालगायतले कोइरालाका बारे चर्चा गरेका थिए।
त्यतिबेला नेपाली समाजलाई जगाउन कोइरालाले खेलेको भूमिका नेपाली साहित्यले कहिल्यै बिर्सन नहुने सर्जकहरुले बताएका थिए।
नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष वीरेन्द्र केसी, प्राविधिक संयोजक विकास पोखरेललगायतको उपस्थितिमा सम्पन्न कवी धरणीधर कोइराला स्मृती दिवसमा प्रवासका साहित्यप्रेमीको बाक्लो उपस्थिति थियो।