अस्ट्रेलियाको सीड्नीमा केन्द्रिय कार्यालय रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री उपासना सिंह ठकुरी नियुक्त भएकी छन्।
युवा पुस्ताकी चर्चित यी अभिनेत्रीलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले एक वर्षका लागि आफ्नो संस्थाको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो।
काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमबीच संस्थाका कम्प्लाइन्स म्यानेजर नवराज प्रसाईले युवापुस्तामा उपासनाको क्रेज र विद्यार्थीमाझ उपासनाको छाप सकारात्मक भएकाले उनलाई ब्राण्ड एम्बस्डरमा नियुक्त गरिएको जानकारी दिए।
संस्थाका ब्यवस्थापक संयोजक ईश्वरराज मैनालीले एजुकेशन एण्ड माइग्रेसन कर्नरलाई अभिनेत्री उपासना सिंह ठकुरीको आबद्दताले उचाई प्रदान गर्ने दाबी गरे।
अभिनेत्री उपासना सिंहले आफूलाई विश्वास गरेर संस्थाले ब्राण्ड एम्बस्डरको रूपमा नियुक्त गरेकोमा खुशी ब्यक्त गरिन्। ‘संस्थाले ममाथि गरेको विश्वासलाई म डगमगाउँन दिन्नँ, उनले भनिन्, ‘विभिन्न देशमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने विद्यार्थीका लागि एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई उत्कृष्ट गन्तब्य भएकाले यसलाई नै छान्नुहोला।’
एजुकेसन एण्ड माइग्रेसन कर्नर अष्ट्रेलिया, सिड्नी निर्देशक सुनिल उप्रेतीले पछिल्लो समय युवा पुस्ताकी प्रिय अभिनेत्री उपासना सिंह ठकुरीको संस्थामा पुनः आवद्धता विद्यार्थीकै माग र चाहनाको परिणाम भएको बताए।
‘आफूले पाएको जिम्मेवारी निभाउने मामिलामा सधैं अग्रसर हुने उपासनाको बानिले उनलाई हामीले ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेका हौं’, उनले भने।