नेकपा माओवादी केन्द्रको वैदेशिक संगठन नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको पाँचौं अधिवेशनले प्रविण कँडेलको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा हिमलाल गैरे, कपिल पाण्डे र लोकराज पौडेल चयन भएका छन्। महासचिवमा चुन्ना क्षेत्री, सचिवमा विक्रम शर्मा पंगेनी, कोषाध्यक्षमा प्रतिक पोखरेल, राष्ट्रिय महिला संयोजकमा सजना मानन्धर, राष्ट्रिय युवा संयोजकमा सुजन न्यौपाने चयन भए।
त्यस्तै केन्द्रिय सदस्य तथा एनएसडब्लु राज्य संयोजकमा कमल खड्का, अनिल पौडेल, हेमन्त खड्का, टंक सापकोटा, खिम भन्डारी, जीवलाल न्यौपाने, सन्तोष कँडेल, रेमन केसी, आविस्कार पाण्डे, राजु ढकाल, प्रमोद दवाडी, सिताराम सापकोटा, माया प्रसाद सुवाल, गौतम लामिछाने, अनन्त पौडेल, यादव वस्याल, क्रिस भट्टराई, सुजन अधिकारी, दिपक पान्डे, राजन नेपाल, कृष्ण पौडेल, रमेश बेलबासे र जगदिश देवकोटा चयन भए।
शनिबार सम्पन्न अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रवास समन्वय समितिका अध्यक्ष एवं प्रमुख अतिथि ओम शर्माले नेपालीको हकहितको आवाजलाई बुलन्द पार्दै अस्ट्रेलियामा संगठन हाक्न सक्ने नेत्तृत्व चयन गर्न आग्रह गरे।
कार्यक्रमका विशेष अतिथि एवं प्रवास समन्वय समितिका उपाध्यक्ष लक्ष्मण पन्त, ओशियाना संयोजक शेषमणि शर्मा, प्रवास समन्वय समितिका सदस्य मनऋषी धिताल, बाबुराजा महर्जन, ईश्वर पौडेल, प्रकाश अधिकारि, सुनिता रेग्मी, पूर्व अध्यक्षहरू झलक राज ढुङ्गाना, भरत नेपाल, माण्डव राज कार्की, निवर्तमान उपाध्यक्ष निराजन गौलीलगायतले शुभकामना ब्यक्त गरेका थिए।