नेपाल कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले भानु जयन्ती मनाएको छ।
सिड्नीका नेपालीको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा आयोजित कार्यक्रममा साहित्यीक रचना बाचनका साथै भानुको सम्झना गर्दै विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो।
कार्यक्रममा लेबरकी सांसद जुलिया फीन, एनएसडब्लु राज्यका महावाणिज्यदूत दिपक खड्का, एनआरएन उपाध्यक्ष तथा एनआरएसडब्लु राज्य संयोजक देब गुरूङ, पूर्व क्षेत्रीय संयोजक धर्म अधिकारी, एनआरएनका पूर्व अध्यक्ष गोवा कट्वाल, ग्रानभिल समाजका अध्यक्ष रमेश थापालगायत समुदायका अग्रजको उपस्थिति थियो।
कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष सिमा रोसीको ‘मंगलग्रहको यात्रा’ पुस्तक विमोचन गरिएको थियो।
पुस्तकको महाबाणिज्यदूत दिपक खड्का, एनआरएनका पूर्व क्षेत्रीय संयोजक धर्मराज अधिकारी, उपाध्यक्ष देब गुरूङलगायतले विमोचन गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीलाई महावाणिज्यदूत दिपक खड्काले सम्मान पत्र प्रदान गरेका थिए। लामो समय संस्थामा रहेर स्वंयसेवी भूमिकामा नेपाली कला, संस्कृति जर्गेनामा लागि परेको कराण पदाधिकारीलाई सम्मान प्रदान गरिएको प्रतिष्ठानकी अध्यक्ष सुजता बस्नेतले बताइन्।
कार्यक्रममा लाखे, नेवारी, तामाङ्सेलो, नेवारीलगायत नृत्य आकर्षकणका केन्द्र थिए। महाबाणिज्यदूत खड्काले विदेशमा रहेर पनि समय निकालेर मुलुकको कला संस्कृतिको जर्गेना गर्नु महत्वपूर्ण काम भएको प्रतिक्रिया दिए।